खेलाडी बिदाई तथा चियापान कार्यक्रम सम्पन्न


बैशाख १,मलेसिया। एनआरएन मलेसियाले नयाँ बर्ष २०७६ लाई स्वागत गर्दै क्वालालम्पुर स्थित होटेल ग्राण्डमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ। एनआरएन मलेसियाको अध्यक्ष खगेन्द्र न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।बैशाख ६ गते देखि हुने आँठौ रास्ट्रिय खेलकुदमा एनआरएन मलेसियाको तर्फबाट सहभागी हुने खेलाडीहरुलाई पनि सोही कार्यक्रममा जितको लागि शुभकामना दिदै उपस्तिथि सबैले बिदाई गरेको छ। कराँते तर्फ सहभागी हुने नोर्बु बम्जन तामाङ र अन्तरास्ट्रिय रेफ्री योगेन्द्र कोइरालालाई खादा र टोपी लगाएर बिदाई गरिएको छ। आगमी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हंगकंग गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन,लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ जना खेलाडी सहभागी हुँदैछन् ।

प्रकाशित: समय: 16:39:02  532पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार