चैत ३० श्याम ङेसुर तामाङ,ललितपुर। ललितपुर जिल्लाको दक्षिण पुर्वी क्षेत्रमा पर्ने कोन्ज्योसोम गाउँपालिका वडा न.१ चौघरेकी २३ वर्षिय शोभा थिङ तामाङलाई ब्लड क्यान्सर भएको पुष्टि भएको छ । केही दिन अघि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउदा व्लड क्यान्सर भए पछी व्लड क्यान्सर पीडित शोभालाई बचाउन बुबा प्रेमबहादुर थिङ तामाङले आफ्नो छोरीको जीवन बचाउन सहयोग दाताहरुलाई हारगुहार गरेका छन् ।
आर्थिक अवस्था एकदम नाजुक भएकोले हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेका शोभालाई बचाउन यत्तिखेर सहयोगी दाताहरुले सक्दो सहयोग गर्नु पर्ने देखिन्छ । स्थानिय चौघरेमा रहेको वनस्पती आधारभुत विद्यालयकी शिक्षिका समेत रहेकी शोभा थिङ तामाङको पारिवारिक आर्थिक अवस्था कमजोर भएकोले उनको बुबा प्रेमबहादुर थिङ तामाङले आफुलाई मोबाईल नम्बर ९८६१ १६५३१० मा फोन गरेर आफ्नो छोरीको उपचारको लागि सक्दो सहयोग गर्न आग्रह गरेका छन्।