सात समुन्द्र पारी रहे पनि गायिका देशु गोले तामाङ समाजसेवा र गायन तिर अगाडी बढ्दै


श्याम ङेसुर तामाङ । भोजपुर जिल्लाको सैमा,खार्ताम्छामा आजभन्दा ४५ वर्ष अघि गायिका एबम समाजसेवी देशु गोले तामाङ जन्मेकी हुन् । पिता रामबहादुर गोले र लक्ष्मीकुमारी बम्जन तामाङकी जेठी सुपुत्री गायिका एबम समाजसेवी तामाङको मागी बिबाहनुसार भोजपुरकै पदम थिङ तामाङसङ्ग तामाङ रिमठीम अनुसार बिबाह भएको हो ।

हाल: एक छोरी शर्मिला र एक छोरा सुबनकुमार थिङ तामाङ गरि दुई सन्तान रहेका छन् । बचपनदेखी नै गायन ,सङ्गीत क्षेत्रतर्फ लागि पर्नु भएका गायिका एबम समाजसेवी देशु गोले तामाङले सायद मलाई बनायो होलान् दैवले ,यो दिलको राजा,तिमिसङ्ग बोल्दैमा ,फापारबारी च्याङबा भन्छ ( तामाङ सेलो ),लेकैमा चढने लेकाली भेडी ,लण्डन शहर ,वन बिगार्यो डढेलोले ,बादलु माथी ,मनैमा राखे तिमिलाई ,आफ्नै मान्छे ,जीवन एउटा किताब हो र राष्ट्रिय गीतमा हाम्रो नेपाल ,राम्रो नेपाल,आधुनिक ,तामाङ सेलो र राष्ट्रभावयुक्त गीत गाएकी छिन् ।

हाल,सातसमुन्द्र पारीको देश प्रवासमा बस्नु भएर पनि समाजसेवामा ङ्युङने ल्हाखाङ गुम्बा,धरान विदेश विभाग प्रमुख ,नाम्साधिम धिम नेपाल आजीवन सदस्य ,तामाङ सोसाइटी अफ युके सदस्य,नेप्लीज बुद्धिष्ट कम्युनिटी वेष्ट ब्रोमबीच सचिवमा रहनु भएर विगत ९ वर्षदेखी समाज सेवामा लाग्दै आउनु भएको छ । गायिका एबम समाजसेवी देशु गोले तामाङले आफुले एक रथको दुई पाङग्रा जसरी समाजसेवा र गायनमा लगातार लाग्ने बताएकी छिन् ।

प्रकाशित: समय: 1:16:14  1007पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार