मिस जापान नेपाल बिजेतालाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न


२९ चैत्र,  श्याम ङेसुर तामाङ ,ललितपुर

नेपाल तामाङ समाज जापानले मिस जापान नेपाल – २०१९ को दोश्रो वर्षको उपाधि बिजेता प्रेमिशा तामाङ लगायतलाई सम्मान तथा बधाई समारोह मंगलबार सम्पन्न भएको छ ।

विजेता प्रेमिशा जापानमा अध्ययनरतको लागि नेपालको विराटनगरबाट जापान गएकी हुन् भने नेपालकै मिस पब्लिक च्वाईस विजेता नीना राई र वेष्ट क्याटवाल्क उपाधि विजेता थीमसाङ डोल्मा लामालाई बधाई,सम्मान तथा उपहार प्रदान क्रमश : प्रमुख अतिथी एबम समाजसेवी संजय लामा ,व्यवसायी पदम गुरुङ,नेपाल तामाङ समाज जापानका उपाध्यक्ष एबम कार्यक्रम संयोजक पुजन तामाङ ,समाजकी सदस्य अनु थोकर तामाङ लगायतले एक भब्य समारोहकाबिच प्रदान गर्नु भएको थियो ।

उक्त समारोह नेपाल तामाङ समाज जापानकी उपाध्यक्ष रुबीना तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो । समाजका उपाध्यक्ष तामाङले विजेताहरुलाई थप उर्जा मिलोस भन्ने उद्धेश्यले बधाई तथा सम्मान समारोह गरेको बताईन । नेपाल तामाङ समाज जापानले स्थापना कालदेखी विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

मिस जापान नेपाल सुन्दरी प्रतियोगिता सिन्जोउ कर्पोरेशनको आयोजना र हिडेन ट्रेजरको सहयोगमा तीन शिर्ष टाईटल सहित पन्ध्र विधामा पुरस्कृत गरिएको प्रतियोगिता जापानको टोकियोस्थित नाखानो जेरोहलमा सम्पन्न भएको थियो भने यो प्रतियोगिता दोश्रो मिस जापान नेपाल भएको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित: समय: 10:01:33  747पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार