रुकुमकी गायिका रितुकाली थापाको छैठौ कोशेली तोला बैशाख १ गतेदेखी बजारमा आउदै 


२९ चैत्र,  श्याम ङेसुर तामाङ ,ललितपुर

रुकुम जिल्लामा जन्मेकी लोकदोहोरी गायिका रितुकाली थापा नेपाली लोकदोहिरी गीतको क्षेत्रमा चर्चित गायिका हुन् । सानै उमेरदेखी गीत सङ्गीत भनेपछी हुरुक्कै हुने गायिका थापाले नेपाली लोकगीतको बजारमा कसरी हाँस्नु ,हाँस्नै सक्दिन ,सपना तिमी सितै सजाए ,फन्केर नाचे म तिजमा,किन भेट हुन्नौ मायालु,तिम्रो साथ पाएत जीन्दगी दामी हुने थियो जस्ता आफ्नै लगानीमा ,सहकार्यमा लोकदोहोरीको भिडियो र दर्जनौ गीतमा स्वर दिएकी छिन् । यसरी स्वर दिएर नेपाली लोकदोहोरीको क्षेत्रमा लामो समयदेखी योगदान दिदै आएकी गायिका रितुकाली थापाले आफ्नो छैठौ कोशेलीको रुपमा लोकदोहोरी गीत तोला ल्याउने भएका छन् ।

 

शब्द / स्वर रितुकाली थापा ,स्वर राजु परियार ,अभिनय शङकर विसि,संजीता ,छायांकन दुर्गा पौडेल,सम्पादन अनिल रानाको रहेको तोला लोकदोहोरी गीतलाई तरङ्ग डिजिटल स्टुडियोले उत्पादन तथा वितरण गर्ने भएको र सम्पादनको काम अन्तिम चरणमा आई पुगेको छ ।

नेपालीहरुको महान नयाँ वर्ष २०७६ बैशाख १ गतेदेखी नेपाली गीत सङ्गीतको बजारमा ल्याउन लागेको लोकदोहिरी गायिका रितुकाली थापाले बताईन। गायिका थापाको तोला लोकदोहोरीको छैठौ सिर्जना पनि हो ।

प्रकाशित: समय: 7:47:03  557पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार