आखामनि ङाला माया गोबारी” म्युजिक अडियो बजारमा सार्वजनिक


तामाङपेज,२७ चैत,काठमाडौँ,

नव गायक सुनिल कुमार वाईबाको नयाँ तामाङ म्युजिक अडियो ” आखामनि ङाला माया गोबारी”  बजारमा सार्वजनिक भएको छ।
प्रेम माेहका गीतहरू अहिले बजारमा धेरै सुन्न र हेर्न पाइन्छन् तर याे अलि फरक हुन सकिन्छ । वाइबाले गीतको माध्यमबाट साँचो माया कहिल्यै मर्दैन भन्दै बिछोडमा भएको पीडाको भावलाई ब्यक्त गर्न खोजेका छन्।
नयाँ गीतबाट संगीतिक क्षेत्रमा अगाडी बढ्न थप हाैसला मिल्ने अपेक्षा राखेकाे गायक सुनिल वाइबाले तामाङपेज डटकमलाई बताए । याे अडियाे सुन्दा गायक वाइबाको सपना पुरा हुने सम्भावना धेरै देखिन्छ ।

सेलो म्युजिक प्रोडक्सनमा रेकर्ड गरिएको उक्त तामाङ गीतको शब्द संगीत गायक आफैँको रहेको छ। एरेन्जर प्रयास दोङ रहेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन्।

प्रकाशित: समय: 16:52:41  1037पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार