गोदावरीमा पाँच इभेण्टका खेलकुदहरुको आयोजना नमुना खेलकुद क्लब विजयी


चैत्र २६, श्याम ङेसुर तामाङ ,ललितपुर

नमूना खेलकुद क्लब गोदावरीले आयोजना गरेको नेट च्याम्पियनसिप सोमबार सम्पन्न भएको छ । चार दिनसम्म संचालन भएको प्रतियोगितामा आयोजक नमूना खेलकुद क्लव नै च्याम्पियनसीप बन्न सफल भै उपाधी हासिल गरेका छन् । गोदावरीमा भएको च्याम्पियन सिपमा फुटबल र ह्यान्डबलका विभिन्न ५ इभेण्टका खेलहरु आयोजना गरिएको थियो ।

नमुना खेलकुद क्लबका सल्लाहकार चीन लामाको स्वागत मन्तब्य र क्लबका सचिव नविन्द्र थोकर तामाङले समारोहको सन्चालन गरेका थिए । सो च्याम्पियन सिपमा सिनियर पुरुष फुटबल-८ ,जुनियर पुरुष फुटबल-८,सिनियर महिला फुटबल- ६,महिला ह्याण्डबल-६ ,पन्ध्र वर्षमुनीका समुहको फुटबल -८ र १६ वर्ष मुनिका समुहको ह्याण्डबलमा ६ गरि कुल ३६ टीमको सहभागिता रहेको थियो।

पुरुष खुल्ला फुटबलतर्फ आयोजक नमुना खेलकुद क्लब विजेता,डायमण्ड टाइम्स क्लब उपविजेता र उत्कृष्ट खेलाडीमा नमुना खेलकुद क्लबका पासाङ तामाङ भएका छन् । यसैगरी महिला खुल्ला फुटबलमा ललितपुर फुटबल एकेडेमी विजेता,पद्दमकन्या स्कुल उपविजेता,उत्कृष्ट खेलाडी ललितपुर फुटबल एकेडेमीकी झरना नगरकोटी भइन भने ह्याण्डबल खुल्ला महिलातर्फ नमुना खेलकुद क्लब गोदावरी विजेता,जोसेफ स्कुल कपन उपविजेता,नमुना खेलकुद क्लब गोदावरीकी सङ्गीता श्रेष्ठ उत्कृष्ट बन्न सफल भएको छ ।

सो च्याम्पियन सिपको खुल्ला पुरुष ह्याण्डबलमा जोसेफ स्कुल कपन विजेता,नमुना खेलकुद क्लब गोदावरी उपविजेता र नमुनाकै पासाङ तामाङ उत्कृष्ट हुनु भएको छ भने १६ वर्षमुनिका समुहमा भने ह्याण्डबलतर्फ बुद्ध शान्ती क्लब गोदावरी विजेता,फ्यान्स क्लब नागदह ,धापाखेल उपविजेता ,बुद्ध शान्ती क्लबका पासाङ तामाङ उत्कृष्ट खेलाडी भएका छन् ।

यसैगरी १५ वर्षमुनिका समुहमा फुटबलमा भने बुद्ध शान्ती क्लब विजेता ,फाइन्स क्लब नागदह ,धापाखेल उपविजेता र बुद्ध शान्ती क्लबका सुवास तामाङ उत्कृष्ट खेलाडी हुनु भएको छ । प्रतियोगितामा विजयी टीम तथा उत्कृष्ट खेलाडी ,खेलाडीहरुलाई मेडल,ट्रफी,प्रमाण पत्र,नगद पुरस्कार गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन ,गोनपा-३ वडाअध्यक्ष बालमुकुन्द घिमिरे,नेपाल ह्याण्डबल संघका केन्द्रीय महासचिव सन्देश रेग्मी,महानगरिय प्रहरी प्रभाग बाडे गाउँका प्रहरी निरिक्षक श्यामकृष्ण कटुवालले प्रदान गर्नु भएको थियो ।

केही दिनमा नै हुन गैइरहेको ८ औं राष्ट्रिय ह्याण्डबल च्याम्पियन सीप प्रतियोगितामा भाग लिन जानुहुने खेलाडी द्धय ज्योती राना ,निरुता मगरलाई मायाको चिनो सहित बिधाई समेत गोदावरी नगरपालिकाका नगर प्रमुख महर्जनले प्रदान गरेका थिए ।

चारदिनसम्म आयोजित च्याम्पियन सीप प्रतियोगिता नमुना खेलकुद क्लब ,गोदावरीका अध्यक्ष डम्बरबहादुर स्याङतान तामाङको सभाअध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित: समय: 11:43:59  643पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार