आफू र संस्था बिरुद्ध अनावश्यक प्रचार गर्ने कर्मचारीलाई कार्वाही गर्ने घिसिङको चेतावनी


तामाङपेज, २६ चैत्र, श्याम ङेसुर तामाङ ,ललितपुर

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू र प्राधिकरणको सवालमा केही कर्मचारी र सामाजिक सन्जाल ,मिडियाले गरेको गलत प्रचारका सवालमा सोमबार पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

आफुले वार्षिक भत्ता रु.६ लाख लिदा रु.६० लाख लिईएको भनेर भन्ने केही कर्मचारी ,मिडियाप्रती आक्रोस पोख्दै प्राधिकरणका निर्देशक घिसिङले विनियम बमोजिम नेपाल सरकारको सहसचिव स्तरको कर्मचारीले कार्य सम्पादन गरेर मुल्यांकन भएर दिएको इन्सोन्टिभको आधारमा आफुले रु.६ लाख मात्र लिईएको खुलासा गरे । विगतमा जस्तो नेपाल विद्युत प्राधिकरणमा कुनैपनि तपतहको कर्मचारीको दादागिरी नचल्ने र अनावश्यक प्रचार गरि आफू र संस्थालाई धरासायी बनाई पुन लोडसेडिङ गराउन योजना बनाउनेलाई कार्बाही गर्ने चेतावनी दिनुहुदै ,आफू आम नेपाली जनतालाई उज्यालो किरण दिलाउन ,लोडसेडिङ सदैव बनाउन लागि पर्ने बताए

प्रकाशित: समय: 6:36:21  316पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार