दुई दिने वज्रयोगिनी मणिचुड पर्यटन महोत्सव हुँदै


तामाङपेज, २६ चैत्र, श्याम ङेसुर तामाङ ,ललितपुर

वज्रयोगिनी मणिचुड पर्यटन महोत्सव मुल आयोजक समारोह समितिको आयोजनामा शङखरापुर नगरपालिकाको विशेष आर्थिक सहयोगमा दुई दिने वज्रयोगिनी मणिचुड पर्यटन महोत्सव ,ऎताहासिक धार्मिक ,सास्कृतिक एबम पर्यटकिय स्थल वज्रयोगिनी मणिचुड जाऔ,आन्तरिक तथा बाह्य पर्यटनलाई विकास गरौ भन्ने नाराकासाथ वज्रयोगिनी घुमारचोकमा चैत्र ३० र बैशाख १ गते हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एबम पुर्ब प्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यमा महोत्सवको समुदघाटन हुने दुई दिने महोत्सवमा नगर मावि स्तरिय वक्तित्वकला,दौड,मैत्रीपुर्ण फुटबल,साढेको ढुङ्गा उचाल्ने ,लोक दोहोरी प्रतियोगिता ,स्थानिय झाकी ,नेवार,तामाङ ,ब्राम्हण क्षेत्रीको भेषभुषा,कला,संस्कृती,वाजागाजा प्रदर्शनी ,भगवान बुद्धको मुर्ती शिलान्यास ,स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती सहित महोत्सव हुन लागेको महोत्सव आयोजक मुल समारोहका सचिव युनिकरक्षक ग्लान तामाङले बताउनु भएको छ ।

दुई दिने महोत्सवमा हजारौ जनमानसको सहभागी हुने र वज्रयोगिनी र यस भेगको विकासको लागि महोत्सवको आयोजना गरेको सचिव तामाङले बताए ।

प्रकाशित: समय: 5:09:34  657पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार