तामाङपेज, २६ चैत्र, नुवाकाेट
नुवाकोट उद्योग वाणिज्य संघको १० अाै अधिवेशनमा काँग्रेस निकट ताराबहादुर कार्कीकाे प्यानलनै धेरै मत अन्तरले विजयी भएको छ ।
बाम गठबन्धन तर्फबाट रमेश श्रेष्ठ काे अध्यक्ष्ातामा उमेदवारी रहेको थियोे । काँग्रेस निकट अध्यक्ष तर्फ ८६४ मत प्राप्त गरि विजय हाँसिल गर्न सफल भएको छ । बाम गठबन्धन निकट अध्यक्ष तर्फ ५९५ मात्रै मत प्राप्त भएको थियोे । साेमबार मत गणना सकिए पश्चात् विजय टिमलाई बाजा गाजाले सम्मान गरेको छ ।
विजयी टिमलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पुर्व मन्त्री अर्जुननरसिंह के सी र नेपाली काँग्रेस जिल्ला सभापति युवा नेता जगदिश्वरनरसिंह केसीले शुभकामना तथा बधाई ज्ञापन गर्दै खुसी व्यक्त गर्नुभएको छ ।