गुम्बा निर्माणका लागि युवा समाजसेवी शेर्पाले दिए ५ रोपनी जग्गा नि:शुल्क :


चैत २६ , श्याम ङेसुर तामाङ,ललितपुर। संखुवासभा जिल्ला, पाँचखपन नगरपालिका वडा नं. ९ तेर्सेमा गुम्बा निर्माणका लागि स्थानीय समाजसेवी निमाठिले शेर्पाले ५ रोपनी जग्गा नि :शुल्क प्रदान गरेका छन् । कुन्साङ छ्योलिङ गुम्बा निर्माणका लागि स्थानीय समाजसेवी शेर्पाले नि:शुल्क जग्गा दिएका हुन् ।

यस स्थान विशेष गरि पर्यटकीय क्षेत्र तथा सभापोखरी जाने पदमार्गको मुख्य नाका रहेकाले पनि गुम्बा निर्माणलेधर्म,संस्कार, संस्कृति संरक्षणमा समेत टेवा पुग्ने शेर्पाले बताए । नगरपालिकाले दिईएको रु.६ लाख रुपैयाले गुम्बा निर्माण स्थल सम्याउने काम सम्पन्न भैइसकेको छ भने बालुवा, गिटी र ढुङ्गा संकलनको काम भइरहेको छ । गुम्बा निर्माणका लागी ३० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ । निमाठिले शेर्पा ,नेपाल शेर्पा सङ्घको केन्द्रीय सदस्य,स्थानीय पत्रकार ,निर्माण ब्यवसायी समेत हुनुहुन्छ भने खेलकुदको भवन ,संरचनाको लागि पनि ५ रोपनी जग्गा प्रदान गरेका छन्। स्थानीय दररेट अनुसार समाजसेवी शेर्पाले प्रदान गरेको जग्गाको मूल्य ५ रोपनीको ५ लाख रहेको छ।

गुम्बालाई पास गरेर दिइएको जग्गाको लालपुर्जा

प्रकाशित: समय: 2:50:24  784पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार