माईतीघर मण्डलामा दीप प्रज्वलन


चैत २५ श्याम ङेसुर तामाङ,काठमाडौंं। बारा र पर्सामा हुरि ,बातासले केही दिन अघी ज्यान गुमाएकाको आत्माको चीर शान्ती र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ,ललितपुर,गोदावरी नगरपालिका वडा न.१ कोटडाँडाकी सामाजिक अभियन्ता रजनी लामाको नेतृत्वमा सोमबार माईतीघर मण्डलामा एक मिनेट मौन धारण गरेर ,मैन बती बालेर दीप प्रज्वलन गरिएको छ ।

बारा र पर्सामा गएको हुरिबतासले ३ दर्जन भन्दा बढिको ज्यान गएको थियो भने ४ सय जना घाईतेहरुको विभिन्न अस्पतालमा उपचार भैइरहेको छ ।

घाईतेको उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ भने हावाहुरी बतास पीडितहरुलाई नेपाल सरकार,नेपाल रेडक्रस सोसाइटी ,संघसंस्था,सहयोगी ब्यक्तिहरुले खानपान ,अन्नपात,पाल ,त्रीपाल ,लत्ताकपडा वितरण गरि रहेका छन् ।

प्रकाशित: समय: 2:36:39  1166पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार