रसुवाको जिल्लामै पहिलो पल्ट अन्तर विद्यालय स्तरिय रनिङ शिल्ड प्रतियोगिता उद्घाटन सम्पन्न


तामाङपेज, चैत्र २५,

रसुवाको जिल्लामै पहिलो पल्ट कालिका गाउपालिका अन्र्तगत अन्तर विद्यालय स्तरिय छात्र/छात्रा प्रथम कालिका रनिङ शिल्ड प्रतियोगिता २०७५ उद्घाटन सम्पन्न भएकाे छ ।

३ नम्वर प्रदेस स्थानीय सरकारलाई उछिन्दै चैत्र २४ गते देखि २६ गते सम्म आयोजना गरिने कालिका गाउपालिकाले जनाएको छ । प्रतियोगिता संञ्चालन गर्न गाउपालिकाबाट ४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

प्रतियोगितामा अपुग खर्च स्थानिय श्रोत वाट ब्यहोर्ने भएका छन । बिभिन्न बिधामा प्रतियोगितामा गाउपालिका भित्रका ९ विद्यालयबाट एक सय ५० बढी विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका कार्यक्रम संयोजक एवं गाउ पालिका कार्यपालिका गणेश बिकले जानकारी दिनु भयो ।

प्रतियोगितामा छात्रा/छात्र भलिवल, एथलेटिक्स तर्फ १५००, ८००, ४००, २००, १०० र १०० चार रिले दौड, लङजम्प, हाईजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सट पुट समेत ३० विद्यामा खेल सहभागी गराइने गाउपालिका सामाजिक विकास समितिले जनाएको छ ।

प्रकाशित: समय: 5:58:40  721पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार