तामाङपेज, चैत्र २५, मलेसिया
मलेसियाको अन्तर्राष्ट्रिय टर्मिनल विमान स्थल नजिक सवारी दुर्घटना हुदा २ जना नेपाली सहित अन्य १३ जनाको घट्ना स्थलमै मृत्यु भएको छ।
विमान स्थल भित्र कार्यरत मजदुरहरु ओसारपसार गर्ने बस नियन्त्रण बाहिर गएपछि उक्त घट्ना घटेको हो। उक्त स्वारीमा नेपाली , बाङ्लादेशि र इन्डोनेशियन कामदार सवार थिए । दुर्घटनामा परि बर्दिया का रामु चौधरी र सर्लाहिका जगनाथ सिङ थारु को दुर्घटनामा परी मृत्यु भएको छ ।भने अन्य ३ जनाको हस्पिटलको आइ सि यु कक्षमा उपचार भइरहेको छ।
काम गर्ने कामदार बोकेर विमान स्थल तर्फ जाँदै गर्दा विमान स्थल नजिक सेपाङ्ग क्षेत्रमा आइतबार साझ बस दुर्घटनामा परेको हो।घट्नामा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बडि घाइते भएको श्रोतले जानकारी दिएको हो।