कविता


तामाङपेज  २४चैत :

साेध्दै नसाेधि दिलमा सजाएँ ।

उनीसँग धेरै बाेल्छु ।

अरे मनका वातहरु पनि

खुब खुब हुने गर्छ ।

कहिले दुखेसाे भने

कहिले खुसीका थाहा छ ।

अनि अर्काे कुरा?

उनैलाई साेध्दै नसाेधि

दिलमा सजाउँदा क्या मज्जा

भएको छ ।

तर उनैलाई थाहा छैन ।

सायरकाे दिलभित्र

उनी आफु रानी बनेर बसेकी छे ।

भनेर

कति कति आनन्द छ है ।

पहिलोपटक कसैलाई दिल भित्र

मेरै भनी राख्न पाउँदा

म त यति धेरै हर्षित छु कि

समुन्द्रकाे गहीराईकाे के कुरा

गराैँ अनि याे अकाशकाे के नाम लिनु?

करण घलान “सायार” नुवाकोट

प्रकाशित: समय: 12:45:04  738पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार