तामाङपेज २३ चैत काठमाडौ
तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ काठमाडौंमा हुने भएको छ । तामाङ आवाज, सेलो फाउन्डेशन र एस. सी.आर.सीको संयुक्त प्रयासमा तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुन लागेेेको हो।
शनिबार तामाङ घेदुङको हलमा पत्रकार सम्मेलन गरी बैशाख २६ र २७ गते महोत्सव हुने जानकारी दिईएको हो । काठमाडौं प्रदर्शनी मार्ग स्थित पर्यटन बोर्डको हलमा हुने महोत्सवमा तामाङ सौन्दर्य , जीवन र ज्ञान परम्परा झल्किने र तामाङ समुदायसंग प्रत्यक्ष सरोकार राख्ने विषय वस्तु बोकेका तामाङ चलचित्र , वृत्तचित्र र म्युजिक भिडियोहरुलाई सहभागी गराउँदै पहिलो पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुन लागेको जगतमान तामाङले जानकारी दिए ।
चलचित्रले सामाजको भविष्य प्रतिको मार्ग निर्देशन गर्ने , समाजको यथार्थ घटनाक्रमलाई कलात्मक चित्रण गर्नुका साथै महोत्सवले खास साँस्कृतिक बौद्धिक दिशा दिन सहयोग हुने उनले बताए ।
महोत्सवमा चलचित्र समावेश गराउनका लागि चैत्र २३ गतेदेखि २०७६ बैशाख २२ गतेसम्म छोटो चलचित्र, फिचर चलचित्र र वृत्तचित्रहरु बुझाउनु पर्ने महाेत्सव अध्यक्ष विगेन्द्र वाइबाले जानकारी दिए ।
चलचित्र महोत्सवमा फिचर फिल्म सर्ट , फिल्म वृत्तचित्रहरु राखिने भएको छ । महोत्सवमा निम्न प्रकार र विधाका फिल्महरु लिने भएको छ । प्रतिस्पर्धा तर्फ: – फिचर फिल्म – सर्ट फिल्म – वृत्तचित्र ( डकुमेन्ट्री फिल्म) र अप्रतिस्पर्धा तर्फ: – म्युजिक भिडियो – पहिले प्रदर्शन भैसकेका फिल्म, सर्ट फिल्म तथा वृत्तचित्र आदि ।
सम्मेलनका नियामहरु यस प्रकार रहेका छन् ।
चलचित्र तामाङ समुदायको सांस्कृतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक लगायतका विषय बस्तुमा आधारित चलचित्र हुनुपर्नेछ ।
प्रतिस्पर्धामा सामेल चलचित्र कुनै पनि सार्वजनिक प्रदर्शन या सामाजिक सञ्जालमार्फत रिलिज नभएको हुनु पर्नेछ ।
त्यस्ता चलचित्रले अप्रतिस्पर्धी रुपमा भने भाग लिन पाउने छन् ।
फिचर लेन्थ तथा सर्ट लेन्थ चलचित्र तर्फ तामाङ भाषालाई मुख्य रुपमा प्रयोग गरिएको हुनु पर्नेछ ।
वृत्तचित्र (डकुमेन्ट्री फिल्म) तर्फ तामाङ लगायतका चलन चल्तिका आफ्नै मातृ भाषामा निर्माण गरिएको हुन सक्नेछ तर विषयवस्तु तामाङ समुदायको हुनुपर्ने छ ।
चलचित्रहरु अनिवार्य रुपमा नेपाली या अंग्रेजी सब–टाइटिल गरिएको हुनुपर्नेछ ।
अंग्रेजी या नेपाली भाषामै निर्मित तामाङ विषयबस्तु आधारित फिल्मी सिर्जनामा भने सब–टाइटिल अनिवार्य छैन ।
चलचित्र मिति २०७५ चैत्र २३ गते देखि वैशाख २२, २०७५ (एक महिना) भित्रमा बुझाई सक्नु पर्नेछ।
आवेदन बापत कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।आवेदन फर्म www.tiffnepal.com मार्फत डाउनलोड गर्न सकिनेछ या विस्तृत जानकारीका लागि महोत्सवको वेभ साइटमा हेर्न सकिनेछ ।