बज्रशक्ति एकता समाजको रक्तदान कार्यक्रम सम्पन्न


तामाङपेज, चैत २३, भक्तपुर

बज्रशक्ति एकता समाजको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जीवनदान बज्रशक्ति एकता समाजको अभियान” भन्ने मुल नाराका साथ आज भक्तपुरको सूर्य बिनायक न.पा.वडा नं.८ दार्जिलिङ हाईटमा समाजको उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

पूर्व ऊर्जा राज्य मन्त्री सूर्यमान दोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष वीर बहादुर घिसिङले रक्तदान गरि कार्यक्रम उद्घाटन गरेका थिए।

वीर बहादुर घिसिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ४८ जना रक्तदाताहरूले रक्तदान गरिएको छ साथै मानविय सेवाबाट अभिप्रेरित भई आफ्नो अमूल्य रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूलाई प्रमुख अतिथिको हातबाट प्रमाणपत्र समेत वितरण गरेको थियो। कार्यक्रमलाई सम्पन्न र सफलता बनाउन प्रयोजक गर्ने चार ओटा संस्था र कम्पनीहरु १.निक भुजीकिक हाउजिङ प्रा.लि. २.जगदम्बा बचत तथा ऋण सहकारी संस्था लि.३.भ्वाँसा बचत तथा ऋण सहकारी संस्था लि. र ४.अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका कार्यवाहक सचिव करण तामाङले संचालन गरेका थिए।

प्रकाशित: समय: 11:02:05  1166पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार