युएईमा तामाङ कथानक चलचित्र “ए विना” को प्रिमियर शो सम्पन्न


तामाङपेज चैत २३, युएई। नेपाली चलचित्र संगै विदेशमा नेपाल भित्रका जातिय भाषामा बनाएका चलचित्रहरुको प्रदर्शन गर्ने क्रम बढ्दो छ । यसै क्रममा युएईको विकसित शहर दुबईमा अप्रिल ५ तारिखका दिन पारेर तामाङ कथानक चलचित्र ए विनाको पनि विशेष प्रिमियर शो सम्पन्न गरेको छ ।

ए बिना तामाङ्ग संस्कृतिमा आधारित तामाङ कथानक चलचित्र संगीत फिल्मको ब्यानरबाट निर्माण गरिएको हो। चलचित्र ए बिना अर्थात् तिमी बिनामा सम-सामाजिक, लवस्टोरी एक्सन तथा परदेशी जीवनलाई चित्रण गरिएको छ।

यस चलचित्रमा बसन्त लामा र धन बहादुर लामाको डेब्यु नायक रहेको र सुस्मा मोक्तानको नायिकाको रुपमा देख्न सकिन्छ तर बिजय तामांङ्गले भने एला मायासे, सेम्ला नाङसाल जस्ता उत्कृषट चलचित्र दिई सक्नु भएको छ । द्वन्द राजु किराँतको छ भने र संगीत /गायन बिशाल थिङ्ग, गायिकामा बविता पाख्रिन रहेकी छिन् । कथा / नृत्य निर्देशन /निर्देशन विजय तामांङ्गको रहेको छ ।

यस चलचित्र सन्तोष पीटाकोठी / निरोज लामाको छायांकनमा नेपालको पर्यटकीय क्षेत्र पोखरा, धम्पुस काठमाडौँ लगायत युएईका विविन्न स्थानका दृश्यहरु चलचित्रमा देख्न पाईनेछ ।

उक्त चलचित्रको प्रिमियर शो कार्यक्रमलाई औपचारिक ढंगले सम्पन्न गर्ने क्रममा सभापतिको रुपमा कार्यक्रमका निर्मता निरोज लामा रहेको थियो भने प्रमुख अतिथिको रुपमा नेपाल आदिबासी जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङको रहेकोे थियो।

कार्यक्रममा युएईका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार,कलाकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो भने युएईमा सक्रिय रुपमा सामाजिक काम गर्दै आएका व्यक्तिहरुलाई समेत सम्मानपत्रले सम्मान गरेका थिए।

औपचारिक कार्यक्रम विजय लक्ष्मि राईले सञ्चालन गरेकी थिइन्।

प्रकाशित: समय: 6:07:41  769पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार