![](https://www.tamangpage.com/wp-content/uploads/2019/04/55869417_448382915902054_8196312813690421248_n.jpg)
तामाङपेज, -२२ चैत्र, नुवाकाेट
नुवाकोट बेलकाेटगढी नगरपालिका वडा नम्बर ६ निवासी रेशम तामाङकाे छाेरा ईन्द्र बहादुर तामाङकाे दुवै मृगाैला फेल भएको छ ।
दुवै मृगौलाकाे लागि धेरै खर्च लाग्ने भएको कारण विभिन्न सहयाेगी हातहरुकाे लागि शुक्रबार पीडितकाे बाबू रेशम तामाङकाे नाममा काठमाडौ त्रिवि शिक्षण अस्पताल परिसर भित्र रहेको हिमालयन बैंकमा खाता खाेलेकाे छ । देश विदेशमा रहनुहुने सम्पूर्ण सहयाेगि मनहरुलाई पीडितलाई सहयोग गर्न सहज हाेस भन्ने हिसाबले बैंक खाता नम्बर 00208129490012 सार्वजनिक गरेको हो।
पीडित पक्षकाे आर्थिक अवस्था कमजोर रहेका कारण सबैमा मानवीय सद्भाबका साथ आर्थिक रुपमा सहयाेग गरिदिनुहुन पीडित पक्षले हाम्रो संवाददातासँग कुरा गर्दै आग्रह गर्नुभएको छ ।