नुवाकोटमा ऐतिहाँसिक बृहत् खुल्ला मंगाेल सभाकाे तिव्र तयारी


तामाङपेज, -२२ चैत्र, नुवाकाेट

मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटले यही चैत्र २५ गते त्रिशूली काेलेनी थ्री डि खेलमैदानमा बृहत् खुल्ला सभा गर्ने भएको छ । त्यस सभाकाे लागि तयारी तिव्र रहेको छ ।

नेपालमा २० प्रतिशत आर्यहरु र ८० प्रतिशत अहिन्दु मुलबासी मंगाेलहरु बसाेबास गर्दछन । तर विभिन्न जातका रुपमा विभाजन गरेर छुवाछूतको भ्रम सिर्जना गर्दै याे भुमीकाे असली मालिकहरुलाई दास बनाएर राखेको छ । बि. स. १४९५ मा नेपालमा शरणार्थीका रुपमा पसेको तागाधारी बाहुन क्षेत्रीले हामी मुलबासीलाई आदिवासी जनजाति भनेर उल्टाे शब्द दिएर ठगिरहेको छ । आदिबासी जनजाति भनेको तिमीहरुकाे याे देश हैन भन्ने बुझाउने गर्दछ ।

प्रत्येक मुलुकमा जनसंख्या बढी भएको खण्डमा त्यस मुलुकमा रहेका शरणार्थीहरुलाई देश निकाला गर्ने अधिकार संयुक्त राष्ट्र संघले सम्बन्धित मुलुकलाई दिने गर्दछ । त्यस बखत यदि हामीले अझै पनि आदिवासी जनजाति भनेर संविधानमा स्विकार्दै आयाै भने हामी यस मुलुकका असली मालिक मंगाेल सन्ततिहरु देश निकाला हुनुपर्ने अवस्था आउन सक्छ । त्यसकारण हामीले हाम्रो पहिचान र अस्तित्व संविधानमा मुलबासी मंगाेल भनेर लेख्न पाउनुपर्दछ । हामी नाक थेप्चे आँखा चिम्से पहेलो वर्णका अहिन्दु मुलबासी मंगाेलहरुलाई यस मुलुक भर प्रशिक्षण दिदै विभिन्न कार्यक्रमहरुका बिच चेतना जगाउदै आएकाे कुरा मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटले जनाएको छ ।

यस कार्यक्रमकाे उदेश्यनै हामी मंगाेलहरु आदिवासी जनजाति हैनाै , हामी यहाँका असली मालिक मुलबासी हाै त्यसैले याे देश बाहुन क्षेत्रीकाे हातमा हैन हाम्रै हातमा फिर्ता लिनुपर्ने कुरा सबैमा जानकारी गर्दै वैचारिक क्रान्तिमा अघि बढ्न चेतना प्रदान गर्ने रहेकाे कुरा मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटले जनाएको छ ।

प्रकाशित: समय: 4:42:05  1447पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार