रसुवाको यार्सामा पहिलोपटक बस पुग्यो, स्थानियमा खुशीको लहर


चैत २१,रसुवा। रसुवाको नौकुण्ड गाउँपालिका स्थित यार्सामा पहिलोपटक सार्वजनिक यातायातको बस पुगे पछि स्थानिय खुशी भएका छन् । बर्षौँ देखि पैदल यात्रा गरिरहेका स्थानिय बासीहरु गाउँसम्म सडक पुगे पछि खुशी भएका हुन् ।
गाउँबाटै बस सेवा शुरु भए पछि त्रिशुली, काठमाण्डौं तथा तराईसम्म जान सहज भएको स्थानियहरुले बताएका छन् ।
तामाङ जातिको मात्र बसोबास रहेको यस गाउँमा बस सेवा संचालनमा आएपछि गाउँका बासिन्दाले बसको पूजा समेत गरेर बसलाई गाउँमा प्रबेश गराएका थिए ।
रसुवा जिल्लाको सबैभन्दा दुर्गम स्थानमा रहेको यस गाउँमा सार्वजनिक यातायातको साधन चढ्न तीन घन्टाको पैदल यात्रा गरेर जानु पर्ने बाध्यता हटे पछि स्थानिय बासीले खुशी मनाएका हुन्।

प्रकाशित: समय: 14:14:17  455पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार