सेलो तथा लोक गायक(विशाल पाख्रिन तामाङ) जस्ताे सुकै अवस्थमा पनि गीत संगीतमै निरन्तर


विशाल पाख्रिन नेपालको पुर्वी पहाड ओखलढुँगामा जन्मिएर ओखलढुँगाकै गाउँघर वनपाखामा हुर्किएको हुन । गीत संगीत प्रति बढ्दो रुचि भएको पाख्रिनले २०६४ सालमा पहिलो एल्वम (लुगा त धुने खोलामा ) बोलको ,गोठालो जिवन नामक सेलो गीतबाट साङ्गितिक क्षेत्रमा पाईला राखेका हुन् ।

नेपालमा चल्ने प्राय सबै प्रकारको गीत मन पराउने पाख्रिनले करिब तिन वर्षको अन्तरपछि लोक दोहोरि गीत पिरै पिरले मुटु खाईसके बोलको दोहोरी एल्वम २०६७ सालमा बजारमा ल्याएका थिए । जसमा शब्द संगीत, स्वर र मोडल पनि विशाल पाख्रिन स्वयमको रहेको थियो भने स्वरमा बहुचर्चित गाएक राम्जी खाड र गायिका देवि घर्तिको रहेको थियो ।आफुले परिवारको हरेक प्रकारको दायित्व समाल्न पर्ने भएकोले गीत संगीतलाई निरन्तरता दिन नपाइएको बताउछन् ।

अहिले कुवेतलाई कार्यलाई कार्यभुमि बनाउँदै गर्दा पछिल्लो समय (गाउँकी मेरि माया ) बोलको ल्होछार विशेष गीत माया तामाङ र लक्ष्मण स्याङबाेको (घर छोडि परदेश ) हित माया थोकर तामाङको जिवन कहाँनि जस्तै मार्मिक सेलो गीतबाट निकै नै चर्चा बटुल्न सफल गाएक पमख्रिनले छिरिङ शेर्पाको प्रस्तुतिमा नाधिङ सेलो घर त हाम्रो दोलखा बोलको गितमा पनि स्वर दिनुभएको छ। र यि गीतहरु उहाँकै युटुव च्यानल विशाल मिडियाबाट बजारमा उपलब्ध छ ।

अहिले सम्म करिब १० वटा गीतमा स्वर दिनु भैसक्नु भएको सर्जक तथा गायक पाख्रिनले दर्जन भन्दा बढि गीतहरुमा शब्द सिर्जना गर्नु भएको छ । भने केहि एल्वममा संगीत पनि गर्नु भएको छ ।

प्रकाशित: समय: 5:51:37  872पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार