कविता


  1. तामाङपेज २०,चैत काठमाडौ 

घोडा चढ्ने लड्छ ।
बिस्तारै बामे सर्दै छु।
तिमी संगै
ताते गर्दै नौलो बाटो
अघि बढदै छु।
तिमी संगै
समयको रफ्तार संगै
जिन्दगीको छाल संगै
दिनहरु
बिना साराङी गाउँदै
बिना ताल नाच्दै
तिमी संगै
मात लागे जस्तो
तरङ्गले छोए जस्तो
तिमी संगै
पागल किन नभनोस !
नौटन्की किन नदेखोस !
तिमी संगै
कम्मर कसुला l
आँसु संगै हाँसुला  l

एनिका घ्लान

प्रकाशित: समय: 15:20:17  794पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार