बज्रशक्ति एकता समाजले रक्तदान कार्यक्रम २०७५ गर्दै


तामाङपेज,चैत्र, २०भक्तपुर

बज्रशक्ति एकता समाजले रक्तदान कार्यक्रम २०७५ चैत्र २३ गते शनिबार भक्तपुरको सूर्य बिनायक न.पा.वडा नं. -८ दार्जिलिङ हाईटमा गर्ने भएको छ।

उक्त कार्यक्रम माननीय पूर्वराज्य मन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्य र काभ्रे प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का माननीय सांसद गंगा बहादुर दोङको विशेष आतिथ्यमा रक्तदान कार्यक्रम हुने समाजको अध्यक्ष वीर बहादुर घिसिङले तामाङपेजलाई  जानकारी दिनु भएको हो। घिसिङले जानकारी दिए अनुसार कार्यक्रममा मानविय सेवाबाट अभिप्रेरित भई आफ्नो अमूल्य रक्तदान गरिनु हुने सम्पूर्णलाई प्रमाण पत्र वितरण गरिने कार्यक्रम पनि रहेको छ।

कार्यक्रम प्रायोजक चार ओटा संस्था र कम्पनी १.निक भुजीकिक हाउजिङ प्रा.लि. २.जगदम्बा बचत तथा ऋण सहकारी संस्था लि.३.भ्वाँसा बचत तथा ऋण सहकारी संस्था लि. र ४.अमिताभबुद्ध बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान समेत गरिने आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रम बिहान ७:०० बजे देखि ११ बजेसम्म हुने भएकोले निश्चित समयमै उपस्थित भई दिनु हुन आयोजकले अनुरोध गरिएको छ।

प्रकाशित: समय: 11:32:51  807पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार