गायक राजु लामाको कन्सर्ट हेरेर संगीतमा लागेकी हुँ: गायिका सुजना रुम्बा


तामाङपेज काठमाडौं । सुजना रुम्बा गीत संगीत दुनियाँमा एक परिचित नाम हो। जुन सुकै गीतमा पनि आफ्नो मिठास पूर्ण आवाज दिन सक्ने गायिका रुम्बाको जन्म बि. स. २०५३ मंसिर १ गते हेटौंडामा भएको हो। बिगत सात बर्ष देखि यसै क्षेत्रमा संघर्षरत रुम्बा आफूलाई गायक राजु लामाको कन्सर्ट हेरेर नै प्रेरणा मिलेको बताउनु हुन्छ। हेटौंडामा जन्मी काठमाडौंलाई कर्म थलो बनाउदै आउनु भएकी गायिका रुम्बासंग तामाङपेज कर्मी प्रतीक लामाले गर्नु भएको कुराकानीको पूर्ण अंश…..

१.स्वागत छ यहाँलाई तामाङपेज डट कममा

गायिका: धन्यवाद तामाङपेज डट कम परिवारलाई।

२.यहाँको सामन्य परिचय

गायिका: म गायिका सुजना रुम्बा घर रातो माटे हेटौंडा,मकवानपुर।

३.गायन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

गायिका: राजु लामा दाईको प्रोग्राम हेरेर नै सिङगीङमा ईन्ट्रेस्ट लागेको हो।

४.तपाईले पहिलो गाउनु भएको गीत कुन हो ?

गायिका: “तिमी आयो र पो यो जीवनमा” भन्ने गीत हो।

५.पहिलो चोटि गीत गाउँदा कस्तो अनुभव भयो ?

गायिका: रमाइलो प्लस अलि अलि गाह्रो अनुभव भयो।

६.गायन तपाईको रहर कि करियर ?

गायिका: पहिला रहर थियो अहिले दुबै हो।

७.पारिवारिक सर्पोट कत्तिको छ ?

गायिका: ठिकै भनम।

८.गीत संगीत क्षेत्रमा लागेर बाँच्न सकिन्छ ?

गायिका: सकिन्छ किनकी दर्शकको माया र हौसला प्लस आफ्नो १००% मेहनतले गर्दा बाँच्न सकिन्छ।

९.यो क्षेत्रमा लाग्ने युवतीहरु असुरक्षित हुन्छन् भन्छन् नि ?

गायिका: त्यो सबै आफूमा भर पर्ने कुरा हो। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तै लाईफमा यात्रा गर्दै जादा फरक फरक किसिमको मान्छे भेटिन्छ सही र गलत आफूले छुट्टयाउने हो जस्तो मलाई लाग्छ किनकी आज सम्म मैले जो जोसंग काम गरेको छु सबै दिदी बहिनी भनेर रेस्पेक्ट र माया गर्नु हुन्छ।

१०.गीत संगीत बाहेक अरु के केमा रुचि छ ?

गायिका: पार्लरमा रुचि राख्छु म ब्युटीसियन पनि हुँँ है।

११.हाल सम्म कतिवटा गीतमा स्वर भरी सक्नु भयो ?

गायिका: छ ओटा गीतमा भरी सके।

१२.आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?

गायिका: सिङगिङ र पार्लरमा ब्यस्त छु भनम।

१३.फिल्म खेल्ने रहर छ कि छैन ?

गायिका: छैन हि हि।

१४.म्यूजिक भिडियोको लागि कत्तिको अबसरहरु आईरहेको छ?

गायिका: त्यस्तो खासै छैन सायद म सिङगिङ लाईनमा भएर होला।

१५.अध्ययन कहाँ पुरयाउनु भयो ?

गायिका:१२ सम्म।

१६.प्रतियोगिताहरुमा कत्तिको भाग लिनु भा छ?

गायिका : छैन।

१७.गीत संगीतमा नै किन हात हाल्नुभयो?

गायिका: संगीत नै मेरो जीवन हो र गीत संगीत नसुन्ने मान्छे नै हुदैनन् संसारमा, मैले आफ्नो कलालाई गाला स्वरूप दर्शक माझ पुर्याउन सक्छु की भनेर रोजेको र संगीत प्रेेमी भएर पनि हो।

१८. तपाईंको बजारमा छिट्टै आउन लागेको गीत?

गायिका: सेलो गीत ल्याउदैछु।मैले पहिला आधुनिक गीत गाएकी थिए तर चर्चामा भने सेलो गीतले ल्याएको हो। अब सेलो गीतलाई नै प्राथमिकता दिन्छु तर आधुनिक पप गीतहरू पनि गाउनेछु। र सेलोको लागि केही समय प्रतिक्षा गर्नु होला छिट्टै नै हजुरहरूको माझमा ल्याउनेछु ।

१९. अन्य के केमा रुचि छ?

गायिका: म पहिला डान्सर थिए त्यसैले म डान्समा पनि रुचि राख्छु, स्टेज प्रोग्राम हुँदा म आफ्नो गीतमा आफैं नाच्छु पनि अरु त नयाँ नयाँ ठाँउ घुम्न मन पराउँछु।

२०. अन्त्यमा यस क्षेत्रमा लाग्न चाहनु हुने भाइ बहिनीहरुलाई केही भन्नू हुन्छ कि?

गायिका: यस क्षेत्रमा लाग्न चाहानु हुने सबैलाई अलि मेहनत र निरन्तरता चाहिने रहेछ भन्न चाहन्छु।

२१.धन्यवाद!

गायिका: धन्यवाद!

प्रकाशित: समय: 14:00:02  1498पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार