नुवाकोटको बट्टारमा घन्टाघरको शिलान्यास


तामाङपेज, १६चैत:

नुवाकोट सम्वाददाता नुवाकोट विदुर नगरपालिका वडा नम्बर ४ हावा घर नजिक घण्टाघर बन्ने भएको छ । प्रदेश सरकारकाे सहयाेगमा बन्ने घण्टाघर शनिबार एक कार्यक्रमबीच विदुर नगरपालिका मेयर सन्जु पण्डितले शिलान्यास गर्नुभएको छ । नगरकाे पर्यटन विकासकाे लागि घण्टाघर एक विशेष बन्ने मेयर पण्डितले बताउनुभएकाे छ । ५६ फिट उचाइ रहने घण्टाघर निर्माणका लागि लागत ५० लाखकाे आँकलन गरिएको र निर्माणका लागि समय ३ महिना लाग्ने विदुर नगरपालिका वडा नं ४ का अध्यक्ष टलकमान श्रेष्ठले थप जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 16:08:29  380पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार