मलेसियामा जति धेरै श्रमिकहरु छन् त्यसको दोब्बर समस्याहरु पनि


तामाङपेज १३ चैत,  मलेसिया। नेपालीका लागि रोजगारका प्रमुख गन्तब्यको रुपमा चिनिदै आएको मलेसियामा जति धेरै श्रमिकहरु छन् त्यसको दोब्बर समस्याहरु पनि छन्।

बिरलैलाई मात्र मलेसियाको रोजगारी फापेको छ।धेरै अलपत्र र अङ्ग भङ्ग भई समस्यामा पर्नेहरुको लर्को नै छ भन्दा खासै फरक नपर्ला।

पछिल्लो समय मलेसियाको रोजगारीमा बिचौलिया र ठगिका मुद्दाहरु चुलिए पछी नेपाल सरकारले १० महिना देखि मलेसिया रोजगारी ठप्प पारेको छ। मलेसिया र नेपाल बिचमा सरकारी सम्यन्त्रबाटै नेपाली कामदार मलेसिया पठाउने श्रम समझदारी पछि स्वास्थ्य परिक्षणको प्रक्रिया मलेसियाले पठाए पछी रोजगार खुल्ने सङ्केत समेत गरेको छ।त्यसो त दुबै देशका सरकार कामदारको समस्यालाई हल गर्न लागिरहेकै भएपनी पूर्ण रुपमा समस्या समाधान हुनेमा बिश्स्वत हुने आधार भने छैन।

यस्तै समस्याहरु मध्येका एक अत्यन्त दुखद घट्नाहरुको बिषयमा रहेकाे अंश जस्ताको त्यस्तै प्रस्तुतत गरिएकाे छ।

ओखलढुंगाका बिष्णु बहादुर राई सन् २०१० मा मलेसियाको पानासोनिक कम्पनीमा रोजगारीका लागि आएका थिए ।बिष्णु बहादुरलाई पठाउने मेनपावर अहिले सरकारले कालो सुचिमा राखेको पीडित राईको भनाई छ।

बिचौलिया र म्यानपावरले उनलाई पानासोनिक कम्पनी भनेर नेपालबाट पठाएका थिए तर यहाँ कम्पनीमा आइपुग्दा राई लगायतका कामदारहरुलाई सो कम्पनी बाहेक अन्य तिर कन्ट्याक्ट् काम गर्न पठाएको थियो।उक्त कन्ट्याक्ट् कम्पनीमा रोजगार दाताले समयमा तलब नदिने र काम धेरै लगाउने र मानसिक दबाब दिने गरेको कारणले गर्दा आफुले बाध्यताबस कम्पनी छोड्नु परेको बिष्णु बहादुर राईको भनाइ छ।

राईको घरमा दाजु भाउजू मात्र हुनुहुन्छ।आमा बुवाले सानैमा बिष्णु बहादुर राई १० बर्षको हुँदा स्वर्गीय भएकोे थियो। घर ब्यबहार धान्नकै लागि मलेसिया रोजगारीको बिकल्प रोजेका हुन्। राई हाल मलेसियाको क्वालालम्पुर स्थित नेपाली दूतावास नजिकै रहेका छन्।

अहिले उनलाइ टिभी रोग लागेको डाक्टरको रिपोर्टमा उल्लेख छ।विगत ६ महिना देखि अलपत्र अवस्थामा रहेका राई अहिले समाजसेवी कृष्ण बहादुर बम्सी ठाकुरीले शरण दिएर रेखदेख गरिरहेका छन। त्यस्तै अर्का एकजना पनि कृष्ण बहादुरकै शरणमा छ।

ईलाम जिल्लाका दिल कुमार श्रेष्ठको पनि आफ्नै कहाली लाग्दो कथा छ। आफ्नै घर ब्यबहार चलाउन नसके पछी श्रेष्ठ पनि रोजगारीका लागी मलेसिया हानिएका थिए।पात्र फरक भए पनि लगभग दुबै जनाको मलेसियाको पृष्ठभुमि उस्तै छ।यतिबेला दुई ओटै खुट्टा काट्नु पर्ने अवस्था छन्।

श्रेष्ठको हातखुट्टा र आँखाको छेउमा पुरै घाउ फैलिसकेको छ।विगत २००४ मा मलेसिया आइपुगेका दिल कुमार श्रेष्ठ कम्पनीमा भनेको जस्तो काम र ज्याला नपाएपछि आफू आएको कम्पनी छोडेको बताउछन्।मानसिक संतुलन समेत गुमाएका श्रेष्ठ बिगत भने सम्झिन सक्ने अवस्थामा छन्।

चिनी रोग र टिभी रोगबाट ग्रसित श्रेष्ठले घरमा एक छोरी र श्रीमती रहेको बताए।दुबै जनाको समस्या बारे नेपाली राजदुतावास मलेसिया जानकार रहेको बुझिएको छ भने बिदेशमा मृत्यु सङ्ग पैठाजोरी खेलेर बसीरहेका राई र श्रेष्ठलाई नेपाल फर्काउन दूतावासले कदम चालिरहेको नव नियुक्त राजदुत उदयराज पाण्डेले जानकारी दिनुभएको छ।

प्रकाशित: समय: 13:48:44  477पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार