नुवाकोट बेलकाेटगढी -५ मा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


तामाङपेज १३ चैत, नुवाकोट। नुवाकोट जिल्ला बेलकाेटगढी नगरपालिका वडा न ५ मा अवस्थित क्रियटिभ एकेडेमी इङलिस बाेर्डिङ स्कुलमा यही चैत १६ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । लियाे क्लब अफ नुवाकोट पराेपाेकार र जीवनी नेपालकाे संयुक्त आयाेजनामा शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालनकाे निमित्त शुभविहानी युवा क्लब , झिल्टुङ दुईपिपल स्वास्थ्य चाैकी , कामरु देवी मा वि , क्रेयटिभ एकेडेमी ईङलिस बाेर्डिङ स्कुल , बेलकाेटगढी वडा नं ५ लगायतले सहयाेगी संस्थाका रुपमा सहकार्य गर्दै सहयाेग गर्ने आयाेजक टिमले बताउनुभएकाे छ । शिविरमा जेनेरल फिजिसियन , बाल राेग , दन्त राेग तथा स्त्री सम्बन्धि सम्पूर्ण राेगकाे उपचार हुने हाम्रो संवाददातासँग कुरा गर्दै जानकारी दिनुभएको छ ।

प्रकाशित: समय: 6:36:01  602पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार