१० औं वाका फुटबल च्याम्पियनसिप चैत्र २२ गते देखि शुरु


तामाङपेज १३ चैत, नुवाकोट। १० औं वाका फुटबल च्याम्पियनसिप चैत्र २२ गते देखि शुरु हुने भएको छ। धादिङ र नुवाकोट जिल्लाकाे सिमानामा अवस्थित वाका पर्यटकीय हिसावले एक महत्त्वपूर्ण रमणीय गन्तव्य हाे । विगत ९ वर्ष देखि वाकाकाे पर्यटन तथा नेपाली खेलकुदलाई वाकाकाे पहिचान बनाउने प्रयासमा ९ वटा च्याम्पियनसिप वाका क्लबले सम्पन्न गराई सकेको छ । नेत्रवती डाेब्जाेङ गाउँपालिकामा हुने यस च्याम्पियनसिप यस २०७५ , ०७६ वर्षलाई लक्षित गरेर १० औं वाका च्याम्पियनसिप यही चैत २२ गतेदेखि बैशाख १ गतेसम्म सन्चालन हुने भएको हो। पुरस्कारको राशि प्रथमलाई एक लाख पाँच हजार सहित ट्रफि मेडल प्रमाणपत्र रहेको वाका क्लबले जानकारी दिएको छ ।

प्रकाशित: समय: 6:14:23  384पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार