१ सय १७ वर्ष पुग्याे नुवाकोटकी एक वृद्ध जन्मदिन मनाईयाे


तामाङपेज, १० चैत्र, नुवाकाेट। नुवाकोट जिल्ला ककनी गाउँपालिकाकी बाटुली लामिछानेले आईतबार देखि एक सय सत्र वर्ष पुगेकी छिन । सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा रहन सफल रहनुभएकाेमा जन्म दिनकाे शुभकामना दिन उनकाे घरमा घुईचाे लागेको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक काेषका टिम शनिबार नै उनका घरमा पुगेर बधाई ज्ञापन गर्नुभएको थियोे । काेषका अध्यक्ष रामकृष्ण कर्मचार्य सहितका टाेलीले उनका स्वास्थ्य अवस्था सधै अमर रहने प्रेरित गर्दै केही आर्थिक सहयाेग समेत गर्नुभएको थियो । बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक मध्ये एक भएको कुरा काेषका अध्यक्ष कर्मचार्यले बताउनुभएको छ ।

प्रकाशित: समय: 5:01:02  540पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार