स्थानीय स्तरको योजना तर्जुमामा नागरिक समाजको महत्वपूर्ण भूमिका


तामाङपेज, रसुवा , ९ चैत

रसुवाको कालिका गाउंपालिकाको सभाहलमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय स्तरको योजना तर्जुमामा नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत रसुवामा आयोजना गरिएको स्थानीय स्तरको योजना तर्जुमामा नागरिक समाजको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम सहभागीहरुले नागरिक समाजलाई स्थानीय तहहरुले संचालन गर्ने हरेक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय स्तरको बजेट तर्जुमाका आधारहरु, योजना तर्जुमाका चरणहरु तथा नेपालको संविधानमा भएका व्यवस्थाहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । युसएआईडि, सामुदायिक विकास केन्द्र नेपाल, एफएचआई ३६० को संयुक्त आयोजनामा कार्यक्रममा संचालन गरिएको सामुदायिक विकास केन्द नेपाल रसुवाको जिल्ला अधिकृत राजु आचार्य ले बताए ।

बजेट तथा योजना तर्जुमामा चरणहरुमा वित्तिय हस्तान्तरणको खाका र मार्गदर्शन प्राप्ती, श्रोत अनुमान र कुल बजेट सीमा निर्धारण, बस्ती, टोल स्तरबाट योजना छनौट, वडा स्तरीय योजना प्राथमिकिकरण, एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा, कार्यपालिकाबाट स्वीकृती, सभाबाट स्वीकृतिहरु रहेका छन् ।

स्थानीय तहमा योजना तर्जुमा गर्दा नागरिक समाजको सहभागीता र संलग्न सुनिश्चित गर्न रसुवाका का स्थानीय तहहरुलाई समेत आग्रह गरिएको छ ।

प्रकाशित: समय: 10:43:05  428पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार