अफिमसहित मियाँ पक्राउ


तामाङपेज, ६ चैत :

पर्सा,जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको गण्डक चोकबाट प्रतिबन्धित लागुऔषध अफिमसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ५४ वर्षीय बसिर मियाँ रहेका छन् ।

वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका मियाँलाई गण्डकमा जाँच गर्दा शरीरमा लुकाई–छिपाई राखेको अफिम बरामद गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर लागुऔषध सम्बन्धि मुद्दा चलाउने तयारी गरिएको छ ।

प्रकाशित: समय: 15:55:11  386पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार