सानुबाबु घिसिङको आश्याङला जामे: तामाङ सेलाे सार्वजनिक


तामाङपेज, ३ चैत   :

पछिल्लो समयमा सबैको मन मुटुमा बस्न सफल चर्चित गायक सानुबाबु घिसिङको यात्रा गायन क्षेत्रमा तीव्र रुपले अघि बढिरहेको छ ।

यस अघि धार्सेला छामे म्योबा तामाङ गीतमा शब्द संकलन गरि चर्चा बटुलेका घिसिङले फेरि आश्याङला जामे बोलको गीत सार्वजनिक  गरिएकाे  छ  ।

गीतमा सानुबाबु घिसिङ र रन्जिता घिसिङको स्वर रहेको छ । जुन गीतमा शब्द संकलन समोज लामा र रिमा पाख्रीनको छ भने संगीत लामाकै रहेको छ l

परदेशमा रहेको समोज लामा नेपालमा फर्किँदा आश्याङ्ला जामे प्रती देखिएको परिवर्तन को झल्को समेटिएको पाइन्छ।

नोर्बु शेर्पाको एरेन्ज र मिक्सिङमा दिपेश प्रधान रहेको छ। उक्त तामाङ गीत आश्याङ्ला जामे  म्याेबा म्युजिक अडियो  सरगम  रेकर्डिङ स्टुडियो मार्फत बजारमा  सार्वजनिक गरिएकाे हाे ।

प्रकाशित: समय: 13:08:33  818पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार