अचेत माया


तामाङपेज,२ चैत :

करण तामाङ घलान “सायर”

नुवाकाेट

अथाह प्रेमको भुमरिमा

उनलाइ भेट्ने

उद्देश्य लिएर

कहाँ सम्म पुगिन र म

त्यो समुन्द्री किनार किनारमा

कति वर्ष लगाएर

खोजिन कि उसलाई मैले

केवल उनको अभास

मात्र महसुस गर्छु l

 

लेकको चौरी चर्ने सब- सब खर्क

घुमिन कि उनलाई खोज्न

मेरै निम्ति

प्रार्थना गदैै हाेली  भनेर

सब गुम्बा विहारमा डुलिन कि

तर कतै भेटिन उनलाई

 

उनलाई खोज्न हिंड्दा हिड्दै

यो शरीर अचेत अवस्थामा

एउटा नदिको किनारमा ढलिरहेको छ l

हर साँझ हर बिहान

उनकै आभास महसुस

गर्छु मात्र  l

प्रकाशित: समय: 6:46:47  693पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार