लाकुरी भन्ज्याङ होईन मोठ भन्ज्याङ नै गाउँपालिकाको केन्द्र


संगिता लामा,तामाङपेज
फागुन २९,रसुवा। नुवाकोटको मध्य भागमा रहेको पञ्चकन्या गाउँपालिकाको केन्द्र पटकपटक सार्ने काम भएपछी यसले बिबाद र असहमती सिर्जना गरेको छ । स्थानीय तहको निर्वाचन अगाडी तत्कालिन राजनैतीक दलहरुको सहमतिमा साबिकको पन्चकन्या गाबिसको नामबाट गाउँपालिकाको नामाकरण गर्ने र केन्द्रको हकमा ‘समदुरीको’ हिसाबले मोठभन्ज्याङलाई केन्द्र कायम गर्ने सहमती बनेको हो।
थप्रेकदेखी चौघडाबासीलाई मर्का नपर्ने हिसावमा मोठभन्ज्याङ केन्द्र उपयुक्त मानिएको थियो । स्थानीय तहको निर्वाचनअघी पुर्वाधार नबनिसकेको र नयाँ निर्माणका लागी समय लाग्ने भएकोले मोठभन्ज्याङभन्दा माथीको लाकुरीभन्ज्याङलाई अस्थायी कार्यालय तोकेर निर्वाचन प्रकृया थालिएको थियो ।स्थानीय निर्वाचनपछी पुर्व-निर्णय अनुसारको मोठभन्ज्याङ केन्द्र कायम हुने आशामा रहेका स्थानीय चकित बने, जब लाकुरिभन्ज्याङ भन्दापनि माथिको घलेभन्ज्याङमा गाउँपालिकाको भवन बनाउने गाउँपालिकाको बहुमतले निर्णय गर्यो ।
कबिलास भद्रुटार र चौघडाबासीलाई पुग्न टाढा पर्ने घलेभन्ज्याङ हालका गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ र सांसद हितबहादुर तामाङको आफ्नै टोल हो ।गाउँपालिका अध्यक्षलाई कार्यालय आवतजावत गर्न सजिलो हुने नाममा बहुसंख्यकलाई पुग्न टाढा पर्ने स्थान त्यो पनि पुर्व निर्णयबिपरित तोकिएपछी यसलाई मान्न नसकिने ३ वडाबासीले बताउन थालेका छन ।
तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित गापा अध्यक्ष तामाङले बहुमतको आडमा आफ्नै टोलमा गाउँपालिकाको कार्यालय भवन निर्माण थालेपछी काङ्ग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष सिता पराजुली खड्काले बिरोध गरेकी छिन । उपाध्यक्ष खड्काका अनुसार भर्खरै गाउँसभाको निर्णयमा सरकारले लाकुरीभन्ज्याङ केन्द्र कायम गरेको छ जबकी करोडौँ लागतको गाउँपालिका भवन केन्द्र तोकिएको ठाउँमा नबनेर घलेभन्ज्याङमा बन्दैछ ।बहुसंख्यकलाई अपायक पर्ने हुने ठाउँलाई केन्द्र मान्न नसकिने धारणा राखेको उपाध्यक्ष खड्काको भनाई छ ।
“लाकुरीभन्ज्याङ पनि होईन पहिले कायम भएको मोठभन्ज्याङ नै गाउँपालिकाको केन्द्र बन्नुपर्दछ” उपाध्यक्ष खड्काले भनिन्; मेरो टोल र तेरो टोल भनेर हुँदैन जनप्रतिनिधी भईसकेपछी सबै पालिकाबासीलाई आफ्नो सोचेर कामकारबाही गर्नुपर्दछ ।

प्रकाशित: समय: 13:33:44  969पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार