गौतम बुद्ध कृषक आमा समुह र जिबजिबे रेडियो स्रोता समुहको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न


सँगिता लामा,तामाङपेज
फागुन २८, रसुवा। रसुवाको कालिका गाउपालिका वडा नं ५ को गौतम बुद्ध कृषक आमा समुह र जिबजिबे रेडियो स्रोता समुहको संयुक्त आयोजनामा जिबजिबेमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । जिबजिबेको चौतारा देखि स्वास्थ्य केन्द्र सम्म सरसफाइ गरिएको हो ।
समुहमा आबद्ध भएर छलफल गर्ने,रेडियो कार्यक्रम सुन्ने र सुनाउनु् को साथै सरसफाई कार्यक्रम समेत गर्न पाउदा सबै जना खुसि भएका छन । सफा राखौं स्वस्थ्थ बनौं भन्ने भनाई लाई गौतम बुद्ध कृषक आमा समुह र जिबजिबे रेडियो स्रोता समुहले ब्यवहारमा लागु गरेका छन्। बजारीकरण ब्यवस्थित नहुदाँ जिवजिवेका आमनागरिकहरु दुषित र दुरगन्धित वातावरणमा बस्न बाध्य भएका थिए ।
एकले थुकि सुकि हजारले थुकि नदि भने झै एउटाले गर्न असम्भव सरसफाई कार्यक्रम आमा समुह र जिबजिबे रेडियो स्रोता समुहले गरेका छन । घरबाट निस्केको फोहोर कुहुने ,नकुहिने आफैले छुट्टाएर त्यस लाई पुन प्रयोग गर्न मिल्ने फोहोरहरुलाई प्रशोधन गरी पुन प्रयोग ल्याउने र कुहिने फोहोरलाई मलको रुपमा प्रयोग गर्नुपर्ने सुझाव समेत स्थानियबासीलाई जानकारी गराउनु भयो । समुहबाट शुरु भएको सरसफाइ कार्यक्रम निरन्तरता रुपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत गर्नेु भएको छ । समुहमा अध्यक्ष र उपाध्यक्ष गरि ५० जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित: समय: 6:21:17  869पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार