- संगिता लामा, तामाङपेज
२८ फागुन, रसुवा। रसुवाको उत्तरगया गाउँपालिका चौरखर्कमा रेडियो समुहको छलफल कार्यक्रम सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगर्त सञ्चालन भएको कार्यक्रममा रेडियो लाङटाङबाट आईतबार ६ बजे देखि ६:३० सम्म बज्ने कार्यक्रम साझा बोली सुनेर महिनाको दुई पटक बैठक बसी कार्यक्रम प्रति सल्लाह ,सुझाब ,प्रतिक्रिया सङकलन गर्ने गरेको छ । नागरिक समाज ,आम सञ्चार माध्यम र सरकारी निकाय बिचको पारस्परिक जवाफदेहिता आपसी स्थायित्व बारेमा छलफल हुने रेडियो कार्यक्रम हो ।
साझा बोली कार्यक्रम केन्द्रीय र स्थानिय दुई तरिकाबाट उत्पादन तथा प्रसारण हुन्छ । जसमा आजको कार्यक्रममा उज्यालो नेटवर्कबाट उत्पादन भएको स्थानिय संस्करणको कार्यक्रम सुनेर छलफल गरेको थियो । कार्यक्रममा स्थानिय तहबाट पारित भएको योजनाको मार्फत कसरी कार्यन्वयन हुन्छ भन्ने कुरा अझै पनि नागरिकहरु अन्योलमा रहेको उपस्थित सदस्यहरु बताउनु हुन्छ । १ करोड सम्मको योजना उपभोक्ता समितिबाट र त्यो भन्दा माथिको योजना ठेक्का पट्टाबाट कार्यन्वयन हुने भन्ने कुरा पनि कार्यक्रम सुनेपछि मात्र थाहा भएको उपस्थित सदस्यहरु बताउनु हुन्छ । साझाबोलीको ५१ औ अंक सुनेपछि उहाँहरु अझै अग्रसर भएर आफ्नो टोलमा परेको बजेट बारे बुझ्न गाउँपालिका जाने निर्णय गर्नु भएको छ ।
कार्यक्रमको सहजिकरण सामुदायिक विकास केन्द्रले गर्नु भएको हो ।
कार्यक्रममा सहजकर्ता भगवती न्यौपाने लगायत अन्य दलित ,महिला ,जनजातिहरु २० जनाको उपस्थिति रहेको थियो ।