३ नं प्रदेश कराँते छनाैट प्रतियोगिता २०७५ उद्घाटन समाराेह सम्पन्न


    तामाङपेज,२६ फागुन :
 
                  आठाैँ राष्ट्रिय कराँते प्रतियोगिता २०७५काे लागि प्रदेश नम्बर ३ कराँते छनाैट प्रतियोगिता उद्घाटन समारोह शनिबार सम्पन्न भएको छ ।
    नुवाकोटको बट्टार कभर्डहलमा विदुर नगरपालिका प्रमुख सन्जु पण्डितकाे प्रमुख अतिथि , विशेष अतिथिमा सितोरियो कराँते महासंघका महासचिव लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
उद्घाटन समाराेहमा सम्बाेधन गर्दै मेयर पण्डितले कराँते नुवाकोटको चिनारी हुन सक्ने भन्दै यसलाई सबैले सम्मान गर्नुपर्ने सबै मिलेर कराँतेलाई अघि बढ्उनुपर्ने बताउनुभयो ।
           नुवाकोटमा यस कराँते प्रतियोगिता सफल बनाउन अतुलनीय भुमिका नेपाल सितोरियो कराँते संघ नुवाकोटका सक्रिय व्यक्तिहरुकाे रहेको कुरा कराँते महासंघका महासचिवले कार्यक्रममा ठाेकुवा  गर्नुभएको छ ।
प्रकाशित: समय: 19:22:29  638पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार