खेम मोक्तानको ‘के सारो जाडो’ सार्वजनिक


तामाङपेज, २५ फागुन :

मोडल तथा निर्देशक खेम मोक्तानको बिल्कुलै नयाँ म्युजिक भिडियो   ‘ के सारो जाडो’  हालै सार्वजनिक भएको छ ।

गीतमा शब्द संगीत मोक्तानकै रहेकाे छ भने संगीत संयोजन दिपेश प्रधानले गरेका छन्  । सञ्जीव वाइबाले संगीत गरेका हुन् । मोक्तानको स्वर र अभिनयमा सुष्मा मोक्तानले साथ दिएका छन् ।

दुई जनाको मायाप्रीतिको भाव झल्किन्छ । भिडियोमा खेमकै निर्देशन छ भने रोशन फ्युबाले छायांकन र सम्पादन गरेका हुन् । दोलखाको कालिञ्चोक, खरिढुङ्गा लगायतका दृश्यहरू क्यामरामा कैद गरिएका छन् ।

मोक्तानले ३ दर्जनभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् र साथमा गायन यात्रालाई पनि अघि बढाउदै छ ।

 

प्रकाशित: समय: 8:47:59  782पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार