तामाङपेज, २३ फागुन :
स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद भन्ने नारालाई अात्मसाथ गर्दै अाठाैँ राष्ट्रिय कराँते प्रतियोगिताकाे लागि सातै प्रदेश छनाैट प्रतियोगिता गर्नुपर्दछ ।
साेही कारण ३ नम्बर प्रदेशकाे कराँते छनाैट प्रतियोगिता यही फाल्गुन २५ देखि २८ गते सम्म नुवाकोटको बट्टार कभर्डहलमा हुने भएको छ ।
यस प्रतियोगिता सम्मान जनक ढंगले सम्पन्न गराउनकाे लागि नुवाकोट कराँते संघ लागि परेको छ । नुवाकोट सितोरियो कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई , राष्ट्रिय कराँते रेफ्रि एवम् जिल्ला कराँते संघ सदस्य करण तामाङ घलान र नुवाकोट सितोरियो कराँते संघका अध्यक्ष राजु थापा लगायतका कराँतेका प्रशिक्षकहरु लागिपरिरहनुभएकाे छ ।
यस छनाैट प्रतियोगितामा १२ जिल्लाका ८०० जना खेलाडीहरु सहभागी रहने सितोरियो कराँते नुवाकोट जिल्ला प्रमुख प्रशिक्षक उत्तम राईले बताउनुभएको छ ।