चिनियाँ पर्यटक रसुवागढी नाका हुँदै नेपाल भित्रिन थाले


रसुवा , २२ फागुन

चिनियाँ पर्यटकहरु रसुवागढी नाकाबाट नेपाल आउन थालेका छन । नेपाल आउँदा भिसा शुल्क नलाग्ने, अन्तर्राष्ट्रिय नाका भएको, जलविद्युत आयोजनाहरूमा चिनियाँ कामदार रहेका कारण चिनियाँ पर्यटक बढी सङ्ख्यामा आएका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए ।

यो संख्या दिनप्रतिदिन बढदै गएको छ । सो नाकाबाट आउदा भिजाको झण्झट नहुने भएकाले पर्यटक आगमन बढेको हो । रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।चिनियाँ नागरिकका लागि नेपाल भ्रमण गर्न फ्री भिषा लागु भएयता पनि स्थल मार्ग हँुदै यति धेरै संख्यामा चिनियाँ यो नाका हुँदै भित्रिएका हुन् । चीनको ल्हसा हुँदै केरुङ सडक मार्गबाट नेपाल भित्रने मध्ये ७० प्रतिशत चिनियाँ पर्यटक रहेका छन् ।

सन् २०१६ मा पाँच हजारको संख्यामा नेपाल प्रवेश गरेकोमा सन् २०१७ र अठारमा १ सय ३० हजार चिनियाँ पर्यटक आएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।

चिनियाँ पर्यटकलाई मध्यनजर गर्दै डिजिटल डिस्प्ले बोर्ड सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ। आएका पर्यटकलाई तातोचिसो पानीको व्यवस्था मिलाइएको छ भने निःशुल्क वाइफाइको व्यवस्थासमेत छ।

प्रकाशित: समय: 14:22:36  319पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार