मलेसिया,२१ फागुन
मलेसियाका लागि नव नियुक्त नेपाली राजदूत उदयराज पाण्डेलाई नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले नेपाली दूतावास क्वालालाम्पुरमा मंगलबार विभिन्न जातिय संघसंस्थाका प्रतिनिधित्व गर्दै पुगेका पदाधिकारीहरुले स्वागत तथा भेटघाट गरेको छन।
केही दिन अघि देखि कार्याभार सम्हालेका राजदूत पाण्डेलाई एक समारोह बिच स्वागत तथा अभिनन्दन गरेका हुन।नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष रविन राई रुच्छेबुङको नेतृत्वमा गएको टोलीले मलेसियामा रहेका नेपाली र उनीहरुले भोगेका समस्याका बारेमा जानकारी समेत गराएका थिए।
मलेसियाका जेलमा रहेका सयौँ नेपालीहरुको उद्धार, दूतावास र नेपाली संघसंस्था बिचको सहकार्य गर्दै समस्यामा परेको नेपालीहरुलाई सहयोग र समन्वयकारी भुमिका निर्बाह गर्न महासंघले दूतावासलाई आग्रह समेत गरेका छन भने महामहिम राजदूत पाण्डेले आगामी दिनमा मलेसियामा रहेका विभिन्न संस्थाहरु संग सहकार्य गर्दै समस्यामा परेका नेपालीलाई यथाशीघ्र उद्वार गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ।
समस्या परेका नेपाली मजदुरहरुलाई बढिमा महिना दिन भित्रै उद्वार तथा राहत दिने र मलेसियाको हरेक क्षेत्रमा दुतावासले अझ सुलभ तरिकाले सेवा प्रवाह गर्ने समेत बताउनु भयो।
मलेसियामा आउन अघि साउदी अरवमा राजदूत भएर एककार्यकाल काम गरिसकेका पाण्डे अनुभवी दक्ष र एक्शन ओरियन्टेड मानिन्छन् । राजनैतिक भागवण्डामा राजदूत बनेका भएपनि सबै नेपालीको पक्षमा काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन।