नुवाकोट, २० फागुन
नुवाकोट विदुर नगरपालिका वडा न १ मा अवस्थित इन्द्रायणी आधारभुत विद्यालयमा आइताबार एक कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थीहरुकाे विविध तरिकाले क्षमता तथा प्रतिभा उजागर गर्ने उदेश्यले एक शिक्षक समूहले व्यक्तिगत खर्चेर कार्यक्रम सम्पन्न गरेको हो । शिक्षकहरुमा शेरबहादुर तामाङ , शुशिला तामाङ , कामना गुरुङ , नर्जला घले , करुणा तामाङ , करण तामाङ घलान , ज्याेसिका तामाङ , बिक्रम पाण्डे , बुद्ध तामाङ , निरज खट्का , कृष्ण बाेगटी , नानीमाया तामाङ , समिना तामाङले कार्यक्रम आयाेजना गरिएको थियोे ।
कार्यक्रम करण तामाङकाे संयाेजकत्वमा भएको थियोे । कक्षा ३ देखि ५ सम्म लाई चित्रकला प्रतियोगिता र बेलुन नृत्य प्रतियोगिता त्यसैगरी कक्षा १ लाई चम्चा दाैड र कक्षा २ लाई म्युजिकल चियर प्रतियोगिता सम्पन्न गरेर प्रथम द्धितिय र तृतीय हुन सफल विद्यार्थीहरुलाई मेडल प्रमाणपत्रकाे साथमा कापीकलम पुरस्कार पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा सभापति शेरबहादुर तामाङ , कार्यक्रम सञ्चालन तथा निर्देशन करण तामाङ घलान र प्रमुख अतिथिमा त्रिभुवन त्रिशूलीका शिक्षिका निशा लामा रहनु भएको थियोे ।