हाँस्यकलाकार करण तामाङ सहित कलाकारहरुकाे धमका


तामाङपेज १९, फागुन :

नुवाकोट आदिबासी महाेत्सबकाे चाैथाे दिन आईतबार भव्यताका साथ कार्यक्रम सफल भएकाे छ ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह के सी ज्युकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । महाेत्सब नेपाल आदिबासि जनजाति संघ जिल्ला समन्वय परिषद् नुवाकोटले आयाेजना गरेको हाे ।

महाेत्सबमा दुर्ई सय चालिस वटा व्यापार स्टलहरु राखिएको छ । विभिन्न मनाेरञ्जनात्मक खेलहरु , मुलबासीका विभिन्न परम्परागत घरहरुकाे निर्माण पनि महाेत्सबमा अवलाेकन गर्न पाइने कुरा आयाेजकले जनाएको छ ।

आईतबार महाेत्सबकाे चाैथाे दिन विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे धमका रहेको थियोे । सञ्चारकर्मी तथा हाँस्यकलाकार करण तामाङ ,गायिका गाजल गुरुङ ,तथा नुवाकोटका म्हेन्दाेमाया कलाकारहरुकाे व्यजाेड धमका रहेको थियो ।

प्रकाशित: समय: 17:59:17  868पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार