काठमाडौं, १८ फाल्गुन
एभरेस्ट फेसन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा आज राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा मिस तामाङ २०१९ प्रतियोगिता ग्रान्ड फिनाले सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा २२ जना तामाङ सुन्दरीहरूले प्रतिस्पर्धीका लागि भाग लिएका थिए भने फिनालेमा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै सरिता तामाङले मिस तामाङ २०१९ को ताज पहिरेकी हुन।
विजेता तामाङलाई मिस तामाङ २०१८ की विजेता सिम्रान स्याङबोले ताज पहिर्याइ दिइन् ।उनले एक लाख नगदसहित सिल्बर क्राउन गिप्ट हेप्पर पाईन्।
प्रतियोगितामा क्रमशः फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङतान, थर्ड रनरअप कविता योञ्जन र फोर्ड रनरअप लक्किसा स्याङबो भएकी छिन।उनीहरूले क्रमश नगद ५० हजार, २५ हजार र सिल्बर क्राउन, गिप्ट हेप्पर पाईन्।