गायक समीर लामा चर्चा बटुल्दै


तामाङपेज १६, फाल्गुन, नुवाकोट-

नुवाकोट जिल्लाको ककनीमा जन्मिनु भएका गायक समीर लामा घलान पछिल्लो समयमा गीत संगीतमा निकै व्यस्त रहनु भएको छ । उहाँ पछिल्लो समयमा सबैकाे प्रिय बन्दै चर्चा बटुल्न सफल बन्दै जानुभएको छ । उहाँले पहिला लेकाली चाैरी गित रेकर्ड गरेर सांगीतिक यात्रा सुरु गर्नुभएको थियोे । पछिल्लो समयमा आएर उहाँले दर्जनाै आफ्नै एल्बम स्राेताहरु माझ ल्याईसक्नु भएको छ । लाेकदाेहाेरी मनभयाे चन्चले , सेलाे लेकाली चाैरी , चाैतारी माथि , सालैजु पश्चिमेली भाकाहरु त्यसैगरी पुर्वेल भाका कसाेगरी याे मन लगायत धेरै गीतहरु मार्फत स्राेताहरुकाे मन जित्न सफल रहनु भएको छ । पछिल्लो समयमा चिसाेचिसाे पानी कुवाकाे भन्ने बाेलकाे गित अडियो बजारमा आइसकेकाे र भिडियोकाे लागि तयारीमा रहेको उहाँले बताउनु भएको छ । उहाँ विभिन्न कार्यक्रमहरुमा भ्याई नभ्याई देखिनु हुन्छ । पछिल्लो समयमा दर्शकहरुले उहाँलाई अत्यन्तै रुचाउदै आएकाे छ ।

प्रकाशित: समय: 15:15:42  1850पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार