नुवाकोट साहित्य पदयात्रा २०७५ स्मारिका बिमाेचन कार्यक्रम सम्पन्न


नुवाकोट, १५ फागुन

नुवाकोट साहित्य प्रतिष्ठान नेपाल २०६४ सालमा स्थापना भई विभिन्न साहित्यका कदमहरु चाल्दै नुवाकोटमा साहित्यमा धेरै स्रष्टाहरु जन्माउन सफल भैसकेको छ ।

प्रतिष्ठानले वार्षिक रुपमा धेरै कार्यक्रमहरु गर्दै अाएकाे छ । असार पन्ध्रमा स्रष्टा सम्मान , रचना वाचन कवि गाेष्टी कार्यक्रमहरु, त्यसैगरी वर्षकाे एकपटक नुवाकोट साहित्य पदयात्रा गर्ने गरेकाे छ ।

गत वर्ष प्रतिष्ठानले नुवाकोटका नाै वटा काेट मध्ये मालाकाेटमा साहित्य पदयात्रा २०७४ गरेको थियोे । यस वर्ष भने नुवाकोटका नाै वटा काेट मध्येका एेतिहाँसिक काेट भैरुमकाेटसम्म नुवाकोट साहित्य पदयात्रा २०७५ भाद्र १६ गते सम्पन्न गरेकाे थियो । पदयात्रालाई स्मारिकाकाे रुपमा प्रकाशन गर्ने गरेको छ । यस वर्षको नुवाकोट साहित्य पदयात्रा प्रकाशन गरि बुधबार विमाेचन गरिएको छ । स्मारिका विमाेचन विदुर नगरपालिका वडा नं ८ भैरुमकाेटमा वडा अध्यक्ष श्री फैसिङ तामाङ ज्युकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएको छ । त्यसैगरी विशेष अतिथि नुवाकोटका वरिष्ठ साहित्यकार एवम् नेपाली काँग्रेसका युवा नेता श्री श्रीराम श्रेष्ठ रहनुभएकाे थियाे ।

कार्यक्रममा स्मारिका विमाेचन गर्दै सम्बाेधनकाे क्रममा वडा अध्यक्ष तामाङले भन्नुभयो ” भैरुमकाेट एक एेतिहाँसिक ठाउँ जहाँ त्यहाँका मुलबासीहरुलाई पृथ्वीनारायण शाहले राज्य अाक्रमण गर्ने बेलाकाे इतिहास बाेकेकाे ठाउँ रहेको र प्रकृतिको हिसाबले पनि सुन्दर भएको कारण पर्यटकीय सम्भावना बाेकेकाे छ ।” नुवाकोटका इतिहासहरु धेरै महत्त्वपूर्ण र खाेजमुलक रहेको , हरेक कुराले भरिपूर्ण भुमी नुवाकोटका नाै काेट मध्ये एक विशेष काेट भैरुमकाेट हाे । साहित्य खेलकुद कला लगायत धेरै क्षेत्रकाे धनी नुवाकोटकाे सुन्दर ठाउँ मध्ये भैरुमकाेट रहेको कुरा विशेष अतिथि साहित्यकार श्रीराम श्रेष्ठले बताउनुभएकाे छ ।

कार्यक्रम सम्पन्न गर्न जाँदा नुवाकोट साहित्य प्रतिष्ठान नेपाल टिमलाई त्यहाँका स्थानीयहरुले बाजागाजाका साथ सम्मान गरेको थियो । प्रतिष्ठान सल्लाहकार श्रीराम श्रेष्ठ , अध्यक्ष रामकृष्ण गजुरेल ,प्रतिष्ठान अाजीवन सदस्य एवम् कार्यकारी सदस्य करण तामाङ घलान , भगवती खनाल सुनाखरी लगायतका टिम कार्यक्रम सम्पन्न गर्न पुग्नुभएकाे थियोे। कार्यक्रम समापन गर्दै प्रतिष्ठानकाे अध्यक्ष रामकृष्ण गजुरेलले स्थानीयलाई प्रतिष्ठान प्रति यति धेरै माया तथा साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

प्रकाशित: समय: 12:20:21  1051पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार