अस्ताउँदैछ जीवन


तामाङपेज, १४ फागुन

करण तामाङ घलान “सायर”

“नुवाकोट”

सब यस्तै यस्तै हुँदैछ मलाई

छाँया पनि मधुरो देख्न थाल्छ।

बिस्तारै बिस्तारै

आँखाहरु पनि लोलाउँदैछ।

छाती भित्रका फोक्सोले गाह्रो मान्दैछ ।

श्वास लिन र दिन

यी मेरा हातका औंलाहरु

चल्न ढिला झन् ढिला गर्दैछ।

हो म थाकेँ

शरीर पनि शिथिल हुँदैछ ।

पक्कै थाके अस्तिपन्जर पनि

हो झन् झन्

यहि एउटा भएको मनले पनि

खुब सताउँछ घरी घरि

किन किन

आफैं बस्ने छातीलाई पनि चिरा चिरा

भाग लगाउँदैछ ।

सब सब दुनियाँलाई बाँडन

प्रकाशित: समय: 13:48:39  689पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार