श्रीमतीको हत्या


भद्रपुर, १४ फागुन

झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा आज बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायासी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ बर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन् । श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो ।

आरोपी लखिन्द्रलाई आजै प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । शव मेची अञ्चल अस्पताल भद्रपुर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: समय: 12:56:30  488पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार