तामाङपेज, १३ फागुन
काठमाडाैं मोडल तथा म्युजिक भिडियो निर्देशक खेम मोक्तानले गायन क्षेत्रमा समेत आफ्नो कला प्रारम्भ गरेका छन् ।विगत लामो समय अघि देखी मोक्तानले म्युजिक भिडियोमा मोडल र निर्देशन गर्दै आएका थिए ।
मोक्तानले पहिलो पटक ‘के सारो जाडो’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतको भिडियोमा मोडल र निर्देशन समेत मोक्तान आफैले गरेका छन् । भिडियो दोलखा जिल्लाको खरिढुङगा, बोच, मकैबारी, कालिन्चोकको कुरी लगायतका ठाउँहरूमा छायांकन गरेका थिए । कालिन्चोकको कुरीमा भिडियो छायांकन गर्नका लागि मौसम राम्रो नभएको कारण धेरै गाह्रो भएको निर्देशक मोक्तानले तामाङ पेज लाई बताएको छ । कालिन्चोक जाने दिनमा भारि हिउँपात परेपछि उक्त गीतको भिडियो शुटिङ गर्न असहज भएको हो । मौषमले साथ नदिए पनि गीतको शब्दले खोजेनुसारको दृश्य म्युजिक भिडियोमा उतार्ने प्रयास गरेको निर्देशकको भनाई छ । अबको दिनहरुमा गीत संगीत क्षेत्रमा स्वर, मोडल र नृत्य निर्देशनको विधामा अघि बढिरहने कुरा मोक्तानले तामाङ पेज लाई जानकारी दिएको छ ।
उक्त भिडियोमा चर्चित नायिका सुष्मा मोक्तानले अभिनयमा साथ दिएकी छिन् । गीतको शब्द संगीत मोक्तानको हो भने, संगीत भने (नेपाल तामाङ कलाकार संघ) का अधक्ष्य संजीव वाईबाले हालेका थिए । भिडियो छायांकन रोशन फ्युबाले गरेका थिए र ड्रोन याङसिङ लामा ले चलएका थिए ।